7 years ago
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्र्तगत नेपालकी निमा घर्तीमगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्टिय किर्तिमान कायम गरेकी छिन् ।
सोमबार भएको स्पर्धामा निमाले ९.१७ अंकका साथ किर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जार्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो ।
नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि निमा १२ खेलाडीमध्ये ११ औं स्थानमा रहिन् । सागकी स्वर्ण पदक विजेता निमाले आइतबार नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् ।
सागर क्वार्टरफाइनलमा
तेक्वान्दोको पुरुष ५८ केजी मुनितौल समुहमा नेपालका सागर गुभाजु प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । पहिलो चरणमा उनले भुटानका तेन्जिन दोर्जीलाई हराए । उनले आजै क्वार्टर फाइनल प्रवेशका लागि भियतनामका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै महिला ५३ केजी मुनिमा नेपाली खेलाडी निमा गुरुङ लेवनानकी लेटिटिया आउनसँग पराजित हुँदै बाहिरिइन् । यस्तै ६७ केजी मुनिको भिडन्तमा संगीता बस्याल फिलिपिन्सकी खेलाडीसँग पराजित भइन् ।
गौरिका र टिसा हिटबाटै बाहिर
यता, पौडीमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह र टिसा शाक्य हिट चरणबाट नै बाहिरिएका छन् । महिला १०० मिटर फ्रिस्टाइलमा दोस्रो हिटमा रहेकी गौरीकाले १ मिनेट ०।८२ सेकेन्ड मा दुरी पूरा गर्दा चौथो हिटमा रहेकी टिसाले १ मिनेट ३।९६ सेकेण्डमा पुरा गरिन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]