default_image

10 years ago

February 21, 2016

मार्शल आर्टस् हलअफ फेमका अध्यक्ष शर्मा सम्मानित

212 views

0 Bookmark

काठमाडौंं, फागुन ९ तेक्वान्दोका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक एवं वल्र्ड मार्शल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक मास्टर दिनेश शर्मा सर्टिफिकेट अफ अनरले सम्मानित भएका छन् ।

sharma samman
नेपालमा मार्शल आर्टस् एवं तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेकोले मास्टर शर्मालाई नेपाल क्याकुशिन सेइसिन काइकान कराते संघले प्रथम राष्ट्रिय महिला तथा पुरुष तौल समुह कराते प्रतियोगीताको अवसरमा विशेस सम्मान गरेको हो ।

कलिलै उमेरमा आधा दर्जन भन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा, टुर्नामेन्ट निर्देशक, संयोजक, कोच, जुरी र रेफ्रीको भुमिका निर्वाह गरिसकेका शर्माले दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेका छन् ।

२०१५ मा अमेरीकामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री हुन सफल मास्टर शर्मा त्यही साल अमेरीका मै एक्स्ट्रा अर्डिनरी एचिभमेन्टस् इन द मार्शल आर्टस् अवार्डद्धारा सम्मानित भइसकेका छन् ।
शर्मा अन्तर्राष्ट्रिय चाङ होन तेक्वान्दो महासंघ नेपालका प्राविधिक निर्देशक एवं नेपालको चर्चित तेक्वान्दो क्लब साङरोक नेपाल तेक्वान्दो एकेडेमीका मास्टर इन्स्ट्रक्टर समेत हुन् ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.