10 years ago
August 30, 2015
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुखशाखाडोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११सिनियर खेलाडीले ब्ल्याकवेल्टप्राप्त गरेकाछन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालडोजो अध्यक्ष बालकृष्णश्रेष्ठ (दाया) लाई मानार्थ तेश्रो डानको प्रमाणपत्र प्रदान गर्दै ।
ब्राउन वेल्ट बाट ब्लायक वेल्ट पहिलो डानमा पदोन्नतीहुने खेलाडीमा सुजन लिम्बू, सागर रुम्बा, संविधान पौडेल, राज तामाङ, सुशीला तामाङ, विना तामाङ, विमल तामाङ, सञ्जय वाइबा, सुनील राई, फिन्चोक दोर्जे लामा र प्रकाशश्रेष्ठ रहेकाछन् । जुनियरतर्फ ३ खेलाडीले ब्राउनतथा ६ खेलाडीले ग्रिन वेल्टप्राप्त गरे । ब्राउन वेल्ट प्राप्त गर्ने मादीक्षा लामा, किरणतामाङ र कविता राई रहेकाछन् । ग्रिनवेल्टमा पदोन्नती हुनेमाआरतीश्रेष्ठ, छोसन गुरुङ, रेणुका गुरुङ, मनोज तामाङ, प्रजिताश्रेष्ठ र मिसोन गुरुङ छन् । उनीहरुलाई पूर्व प्रधानमन्त्रीतथा नेकपाएमालेका नेतामाधवकुमार नेपालले बुढानीलकण्ठस्थितडोजोमै आयोजित एक कार्यक्रमबीचशनिबार वेल्टवितरण गरे । ग्रेडिङ डोजोका प्रमुख प्रशिक्षक प्रेमलाल बम्जन र सहायक प्रशिक्षक दीपेन्द्र खड्का लगायतले सञ्चालन गरेकाथिए । ग्रेडिङमा ११ सिनियर र ९ जुनियर गरी जम्मा २० खेलाडीको सहभागिता रहेको डोजोका उपाध्यक्षएवं कार्यक्रम संयोजकप्रकाशश्रेष्ठले जनाएकाछन् । सो अवसरमाडोजो स्थापनाकालदेखि अध्यक्षको जिम्मेवारीमा रहि करातेको विकास र विस्तारमा योगदान पुर्याए वापत डोजोकाअध्यक्ष बालकृष्णश्रेष्ठलाई मानार्थ तेश्रो डानप्रदानगरिएको थियो । नेपालले उनलाई प्रमाणपत्रप्रदान गरे।
कार्यक्रमलाई सम्बोधनगर्दै नेपालले शाखाडोजोले खेलकुदको माध्यमबाटआफ्नो क्षेत्रको पर्यटनप्रवद्र्धन गर्ने काम गरेकोमाप्रशंसा गर्दै खेलकुदले मानिसलाई शारीरिक मात्रनभइमानसिक रुपमापनि स्वस्थबनाउने बताए ।उनले राज्यले अहिले खेलकुदलाई महत्वदिनथालेको बताउदै खेलकुदले प्रेम, सद्भाव, सहकार्य, भाइचाराको भावनासिकाउने हुादा खेल क्षेत्र अत्तिमहत्वपूर्ण क्षेत्र भएको धारणाव्यक्त गरे । डोजोकाअध्यक्षबालकृष्णश्रेष्ठले आगामीकात्तिकमहिनामाबुढानीलकण्ठ क्षेत्रको पर्यटनप्रवद्र्धन गर्ने उद्देश्यसाथडोजोले अन्तर्राष्ट्रियखुला कराते च्याम्पियनसिप आयोजनागर्न लागेको जानकारी दिए ।डोजोकाउपाध्यक्षप्रकाशश्रेष्ठले नया खेलाडीउत्पादनमाडोजोले विशेष ध्यानदिइरहेको बताए ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]