10 years ago
March 19, 2016
काठमाडौं, चैत ६
नेपाल जित कुण्डो मार्सल आर्ट संघले इन्डो–नेपाल जित कुण्डो च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको कोलकातामा फेब्रुअरी ४ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी ९ पदक जितेको थियो ।

योगेश दनुवार, अल्ताप दनुवार, रविन दनुवार, विशव दनुवार र प्रमोद माझीले नेपाललाई स्वर्ण दिलाएका थिए । सन्जिव खड्का, रोशन तिल्वार र कुशल धामीले रजत हात पारे । कांस्य विजेतामा सुशान्त तिमिल्सिना छन् । उक्त प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गरेका दीपेन्द्र श्रेष्ठ, राजु मगर, सुसाङ्ग काउछा मगर र नवराज दनुवार पनि सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ (राजु), संघका अध्यक्ष विमल खड्कालगायतले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
यसैबीच संघकै आयोजनामा चौथो राष्ट्रिय जित कुण्डो सेमिनार शनिबारै सम्पन्न भएको छ । एक दिने सेमिनारमा ३८ जनाले सहभागिता जनाएको संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । उनीहरुलाई पनि सोही अवसरमा प्रमाण पत्र वितरण गरिएको थियो ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]