default_image

10 years ago

May 3, 2016

सिमोनलाई कांस्य पदक

170 views

0 Bookmark

काठमाडौं, बैशाख २१ गते ।
जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले कांस्य पदक जितेका छन् । अप्रिल ३० तारिखमा भएको प्रतियोगिताको खुला तौलसमूहमा सिमोनले कांस्य जितेका थिए । उक्त प्रतियोगितामा सबै भन्दा टाडाको देशबाट सहभागी हुने सिमोन एक्लो खेलाडी हुन् ।

Simon wins Bronze in Germany

सिमोन फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाइ फिलिपिन्सबाटै अर्को प्रतियोगितामा सहभागी हुन जर्मनी गएका थिए । अप्रिल २३ देखि २४ तारिखसम्म फिलिपिन्समा भएको प्रतियोगिताको खुला तौलसमूहमा भने सिमोनले रजत हात पारेका थिए ।

सिमोन २०११ मा भारतमा भएको चौथो दक्षिण एसियाली वादोरियो कराते प्रतियोगिताका स्वर्ण विजेता हुन् । २०१३ मा भारतमै भएको पााचौं संस्करणमा पनि सिमोनले पहिलो स्थान हात पारेका थिए । त्यस्तै २०१४ मा श्रीलंकामा भएको अन्तर्राष्ट्रिय वादोरियो कराते तथा २०१२ मा मलेसियामा भएको १० औं अन्तर्राष्ट्रिय खुला करातेमा पनि स्वर्ण हात पारेका थिए । काठमाडौं जिल्ला वादोरियो कराते संघ, नेपाल वादोरियो कराते डो संघ, ब्ल्याक वेल्ट कमिटी तथा कान्तिपुर यातायात व्यवसायी संघले एक कार्यक्रमबीच सिमोनलाई मंगलबार स्वागत गरे ।

नेपाल कराते महासंघ महासचिव एवं वादोरियो प्रमुख प्रशिक्षक हरिशरण केसी, प्रशिक्षक, खेलाडीलगायतले सिमोनलाई स्वागत गरे । सिमोन सोमबार राती स्वदेश फकिएका हुन् । कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ र वादोरियो प्रशिक्षक सूर्य राईलाई सम्मान गरिएको थियो ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.