10 years ago
May 5, 2016
भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडी बिहीबार सम्मानित भएका छन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले उनीहरुलाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।
सम्मानित हुने रजत विजेताहरुमा वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, निमा गुरुङ, ज्ञानी चुनारा र आयशा शाक्य रहेका छन् । कांस्य विजेतामा सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महत छन् । सम्मान थाप्ने सहभागी खेलाडीमा महमद वेश, चन्द्रबहादुर राना मगर तथा प्रेमबहादुर बुढाथोकी छन् ।
प्रशिक्षकमा ध्रुवबहादुर गुरुङ, संगीना वैद्य, नवीनकुमार श्रेष्ठ, दीपक विष्ट तथा गणेशबहादुर जिम्बा सम्मानित भए । व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य सुमनकुमार घले रहेका छन् ।
रजत विजेतालाई २५ हजार, कांस्यलाई १५ हजार, प्रशिक्षक र व्यवस्थापकलाई समान १०–१० हजार तथा सहभागी खेलाडीलाई ५ हजारका दरले नगद प्रदान गरियो ।
उप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझी, युयुएनटीएफका निर्देशक सन्तोष प्रधान, तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणालगायतले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा रियो ओलम्पिक– २०१६ का लागि भएको एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य जितेकी साग रजत विजेता निमालाई छुट्टै १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसै अवसरमा खाडीचौर तेक्वान्दो डोजाङलाई ३० हजार मूल्य बराबरको खेल सामाग्री प्रदान गरियो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]