default_image

6 years ago

July 9, 2019

सान कराते टोली थाइल्यान्डतर्फ

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा आयोजना हुने कराते च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

असार २५ देखि २९ गते सम्म हुने च्याम्पियनसिपमा विमला नेपाली (एकल काता) अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बिकले काता र कुमुते दुवैमा प्रतिस्पर्धामा गर्नेछन् ।

त्यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि पाण्डे (कुमिते), कुशुम तामाड (कुमिते र काता), हृषभ राज गिरी (जुनियर कुमिते), सूर्य बिक्रम भण्डारी (क्याडेट कुमिते) तथा अष्मिता राईले कुमितेमा चुनौति पेश गर्नेछन् । अष्मिता राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।

खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक तुलसरीकुमार महर्जनले नेतृत्ग गरेको टोलीका प्रशिक्षकमा रामकृष्ण खड्गी छन् । टोलीको व्यवस्थापकमा मन्टीकुमार मंडल छन् । एशियन प्यासिफिक कराते रेफ्रि रविन्द्र मानन्धरले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले टोलीलाई विदाई गरे ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.