default_image

6 years ago

July 20, 2019

रजत पदक विजेता मण्डेकाजी सम्मानित

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एकसाताअघि थाइल्याण्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका रजतपदकधारी करातेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् ।


मण्डेकाजीलाई सामाजिक क्षेत्रमा कार्यरत ‘एट फाउन्डेसन’ नामक संस्थाले शनिबार ५ हजार नगद र प्रशंशापत्रले सम्मानित गरेको हो । मण्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बाल सुन्दर श्रेष्ठले सम्मान गरेका थिए । मण्डेले पुरुष एकल कातामा रजत जितेका थिए ।

च्याम्पियनसिपको प्लेयर अफ दि टुर्नामेन्ट समेत चुनिएका उनले ३०० अमेरिकी डलर पाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालले १ रजत र २ कास्य जितेको थियो । एक कास्य महिला टिम काताले तथा अर्काे कास्य दिवस श्रेष्ठले जितेका थिए ।

कार्यक्रममा फाउन्डेसनका सचिब उज्वल श्रेष्ठ, सदस्यहरु प्रबिन श्रेष्ठ,अमर श्रेष्ठ,अमिन श्रेष्ठ, सुन्दर श्रेष्ठ, योगेश श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.