6 years ago
July 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– बाल मन्दिर डोजोले शनिबार करातेका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेती, खेलाडी परशुराम बास्तोला, शुसिल पौडेल, रोहित बुढाथोकी, फिनचोक दोर्जे लामा रहेका छन् ।
उज्वेकिस्तानमा हालै सम्पन्न एकेएफ कराते च्याम्यिनसिपको एकल करातेमा परशुराम वरियताक्रममा एसियामा १३ औं र दक्षिण एसियामा शीर्षस्थानमा रहेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्य एवंम् नेपाल कराते महासंघका सह अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, सह महासचिव ओमकृष्ण प्रसाई लगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]