default_image

6 years ago

August 13, 2019

आठौंका स्वर्णधारी मन्डे अस्पतालमा

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय खेलाडी तथा आठौं बृहत राष्ट्रिय खेलकुदका स्वर्णधारी मन्डेकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

ज्वरो र ठेउलाका कारण उनी आइतबार नै त्रिपुरेश्वरमा रहेको ब्लु क्रस अस्पतालमा भर्ना भएका हुन् । रिकभरी भइरहेका कारण बुधबार डिस्चार्ज हुने मन्डेले हाम्रो खेलकुदलाई जानकारी गराए ।
नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका मन्डे गत बिहीबारदेखि ज्वरो र शनिबार ठेउला आएपछि अस्पताल भर्ना भएका थिए ।

‘१३औं सागको लागि भदौं पहिलो साता नै छनोट खेल हुने सुनेको छु । आफु यहाँ थलिएको छु ।’ मन्डेले भने, ‘बिरामी भएकै कारण छनोट हुन नसक्ने हो कि भन्ने डर छ । तर, छनोटमा आफुले सक्ने प्रयास गर्नेछु ।’

मन्डेको विधा एकल कातामा पर्शुराम बास्तोला, ललित खत्री र अनिल चौधरी छन् । टिम कातामा विभागीय टोलीसँगै एक प्रदेशले १३औं सागका लागि पुनः छनोट खेल्नेछ ।

राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा आठौंका स्वर्ण विजेतालाई बिशेष प्रशिक्षणमा राखेको थियो । त्यसपछि रजत र कास्य विजेतालाई पनि विशेष प्रशिक्षणमा समावेश गरेको थियो ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.