6 years ago
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र चञ्चला दनुवार स्वेदशमा चार महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि छनोट भएका छन् ।

बिहिबार भएको छनोटमा मन्डेकाजी दोहोरो स्वर्ण हात पार्दै पुरुष तर्फको एकल काता र टिम कातामा छनोट भएका हुन् । चञ्चला महिला एकल काताका लागि छनोट भएकी हुन् । मन्डेले पर्शुराम बास्तोलालाई पछि पारेका हुन् ।

चञ्चलाले सुभद्रा श्रेष्ठलाई पछि पार्दै १३ औं सागका लागि स्थान सुरक्षित पारेकी हुन् । १ सय ८ जना खेलाडी गत साउन पहिलो सातादेखि करातेको विशेष प्रशिक्षणमा रहेको व्यवस्थापक एवम् आठौं सागका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी गराए ।

विशेष प्रशिक्षणमै रहेका खेलाडीबाट १३ औं सागका लागि खेलाडी छनोट भइरहेका छन् । ३३ खेलाडी सागका लागि अन्तिम छनोटमा पर्नेछन् । १३औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुने बताइएको छ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]