6 years ago
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चिलीको स्यान्टियागोमा जारी डब्लु के एफ कराते वान सिरिज ए मा सुनिल लामा दोस्रो चरणमा रोकिएका छन् । विश्व कराते महासंघद्वारा मान्यता प्राप्त प्रतियोगिताको ७५ केजी तौल समूहमा सुनिल दोस्रो चरणमा साइप्रसका खेलाडी सँग पराजित भएका हुन् ।

पहिलो चरणमा वाई पाएका सुनिलले दोस्रो चरणको नजिता ६–०ले सुम्पिएका थिए । शुरुमा ६७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने भनिएपनि बढी तौलका कारण सुनिलले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सुनिल पछिल्लो समय परिवारसहति अमेरिकामा बस्दै आएका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]