default_image

6 years ago

October 14, 2019

सुनिल न्युयोर्क ओपनमा स्वर्णसहित ग्रान्ड च्याम्पियन

328 views

0 Bookmark

काठमाडौं – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा न्युयोर्क ओपन कराते च्याम्पियनसिपमास्वर्णपदकसहित ग्रान्ड च्याम्पियन बनेका छन् ।

न्युयोर्कस्थित वेस्टचेस्टरमा सम्पन्न खेलमा नेपालको च्याम्पियन मार्सल आर्टस् एकेडेमीबाट प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा सहभागिता जनाएका ११औं सागका स्वर्णधारी सुनिलले ७५ केजीमुनि अमेरिकी प्रतिद्धन्द्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् ।

सुनिलको तौल समूहमा ८ खेलाडी रहेको थियो । सुनिल सबै तौल समूहको च्याम्पियनको पनि च्याम्पियन बन्दै ग्रान्ड च्याम्पियन हुदै ३०० अमेरिकी डलर हात पारे ।

६ देखि ७ वर्षको ब्वाइज उमेर समूहमा याङतेन लामाले स्वर्ण जिते । १२ देखि १३ वर्षको गल्र्स उमेर समूहमा याङजुम लामाले स्वर्ण हात पारिन् । दुवै सुनिलका छोरा छोरी हुन् ।

च्याम्पियन मार्सल आर्टस् एकेडेमी करातेका पुर्व राष्ट्रिय खेलाडीहरु तथा अन्य खेलका खेलाडीहरुले भर्खरै स्थापना गरेको नयाँ कराते एकेडेमी हो । एकेडेमी बालाजु रानीवनमा रहेको छ ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.