6 years ago
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १५औं विश्व उसु प्यासिफिक च्याम्पियनसिपमा भाग लिन उसु टोली त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिप चीनको संघाईमा शनिबार सुरु भएर कात्तिक ८ गते सम्म चल्नेछ ।
च्याम्पियनसिपमा ११ खेलाडीले चुनौति पेश गर्नेछन् । थाउलोतर्फ सुस्मिता तामाङ, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सान्सोतर्फ विन्दु पुनमगर, जुली राई र किरण सिंह सावदले भाग लिनेछन् ।
टोलीको प्रशिक्षकमा तुलसी नन्द बज्राचार्य र व्यवस्थापकमा लानम लामा छन् । चिनको संघाइमा अक्टोबर १९ देखी २५ सम्म प्रतियोगिता आयोजना हुनेछ । टोलीको विदाई नेपाल उसु महासंघका अध्यक्ष विर बहादुर तामाङले विदाई गरे ।
शनिबार हुने विश्व उसु कंग्रेसमा भने अध्यक्ष तामाङसहित महासचिव लाक्पा छिरिङ लामा र केन्द्रीय सदस्य सान्देन शेर्पाले भाग लिने भएका छन् । अध्यक्ष तामाङ शुक्रबार चीन जाने बताइएको छ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]