9 years ago
August 5, 2016
काठमाडौ ।
भारतको बैङलोरमा भएको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला वरिष्ठ उपाध्यक्षमा निरविरोध निर्वाचित भएका छन् । नेपालले दक्षिण एसियाली तेक्वान्दोमा बोर्ड सदस्यता पनि हात पार्न सफल भयो । अधिवेशन मार्फत नै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ(एनएमजिसी)का अध्यक्ष प्रविण कुमार कार्की केन्द्रिय सदस्यमा निर्वाचित भए । यसअघि पनि कार्कीले केन्द्रिय सदस्यमा दाबेदारी दिने नेपाल आइटिएफले जनाएको थियो ।

त्यस्तै दक्षिण एसियाली आइटिएफ तेक्वान्दोको अधिवेशनमा नेपाल आइटिएफ तेक्वान्दो महासघंका अध्यक्ष समेत रहेका धमला वरिष्ठ उपाध्यक्षमा चयन भए । धमलाले यसअघि महासचिव पदका लागि दावेदारी दिने बताएका नेपाल आइटिएफले जनाएको थियो । लामो समय आइटिएफ तेक्वान्दोमा योगदान गरेका धमला निरविरोध चयन भएका थिए । दक्षिण एसियामा आइटिएफ तेक्वान्दो खेल विकास विशेष योगदान भएकै कारण धमलाले जिम्मेवारी पाए । यसअघि बुल्गेरियामा भएको विश्व आइटिएफ तेक्वान्दोको कग्रेसमा महासघंले उनलाई आउटस्ट्यान्डिङ अवार्डबाट पनि सम्मान गरेको थियो । छोटो समयमा नेपालमा आइटिएफ तेक्वान्दो खेल विकासमा अथक भूमिका निर्वाह गरे वापत आइटिएफ तेक्वान्दोको महासघंले धमलालाई अवार्ड प्रदान गरेको थियो ।
दक्षिण एसियामा भारतका सिनियर मास्टर राजेन्द्र बलान अध्यक्षमा निर्वाचित भए । भारतकै मास्टर अबदुल रहेमान महासचिवमा चूनिए । दक्षिण एसियामा ८ सदस्य कार्यसमिती बनेको छ । उक्त अधिवेशनमा एशियाली तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष मलेशियाका ग्राण्ड मास्टर तान चेक सी को रोहवरमा सम्पन्न भएको थियो । अधिवेशनमा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, बङलादेश, पाकिस्तान, अफगानिस्ता र श्रीलङका गरी छ राष्ट्रको सहभागिता थियो । सो अधिवेशन भारतको बैङलोरमा पााचौ दक्षिण एशियाली प्रतियोगिताको दौरानमा दक्षिण एशियामा तेक्वान्दोको थप विकास र विस्तार गर्ने उदेश्यका साथ सम्पन्न भएको थियो । उपाध्यक्ष धमलाले दक्षिण एसियामा नेपालले आफ्नो वर्चस्व जमाएसागै विस्तारै एसिया र विश्व महासघंमा पनि नेपालले प्रतिनिधीत्व गर्ने योजना बनाएको जनाए । धमलाले भने “यो सफलताले नेपालमा आइटिएफ खेल विकास गर्न हामीलाई थप हौसला तुल्याएको छ । त्यसका लागि छिटृै नयाा योजना बनाएर अगाडी बढ्छौा ।”
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]