5 years ago
June 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीको ड्युटीमा खटिएका छन् ।

हवल्दारसमेत रहेका मन्डेकाजीसहित सागकी अर्की स्वर्णधारी जुनी राईले पनि बिहीबारदेखि नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्र महाराजगन्जमा ड्युटी थालेका हुन् । कोरोना महामारीको त्रासका कारण गएको चैत ११ गतेदेखि लकडाउन हुँदा मन्डेकाजी व्यक्तिगत र सामूहिक पहलमा विपदमा परेकाहरुलाई खान खुवाउनेलागयतका अन्य काममा सलग्न हुँदै आएका थिए ।
कोरोना महामारीका कारण नेपालमा अझैपनि खेलकुद गतिविधि शुरु हुने अवस्था बनिसकेको छैन । सरकारले बुधबार मात्र खेलकुद गतिविधि अझै सुरु गर्न नमिल्ने सुचीमा राखेको थियो । यस्तो अवस्थामा विभाग (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ) मा आबद्ध राष्ट्रिय खेलाडीहरु लकडाउन भएको दोस्रो हप्तादेखि नै ड्युटीमा खटिइसकेका छन् ।
मन्डे र जुनी राईलगायतका अन्य पदक विजेता खेलाडीले भने बिहीबार देखि ड्युटी शुरु गरेका हुन् । मन्डेले बिहीबार प्रहरीको बर्दीमा तस्वीरसहित राखेर लेखे ‘ड्युटी टाइम । सेवा नै धर्म । देशको छोरा । विषम परिस्थितिमा सेवा गर्नु पाउँदा आनन्द लाग्छ । सधैं जनताको साथमा छु । पहिले प्रहरी । अनि खेलाडी’।
मंसिरमा भएको १३ औं सागमा मन्डेकाजीले करातेको एकल काता र टिम कातामा स्वर्ण जितेका थिए । यस्तै उसुकी जुनी राईले महिला ५६ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । नेपालका अधिकांश खेलका राष्ट्रिय खेलाडी विभागिय टोलीमा आबद्ध छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]