5 years ago
December 8, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल मार्सल आर्ट हाप्किडो संघ सहयोगमा बाँके जिल्ला संघले आयोजना गरेको चौथो राष्ट्रिय इन्सट्रक्टर, सेल्फ डिफेन्स एजुकेसन, लिडर सिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ ।

केन्द्रीय संघका अध्यक्ष काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । नेपालगञ्ज रंशालामामा भएको कार्यक्रमको उद्घाटनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका थिए ।
समारोहमा बागमती प्रदेशकी सांसद लाल कुमारी पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखे र सावित्रा चौधरी ,बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर,ओलम्पियन दीपक विष्ट तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थिति थियो ।
मन्त्री बरालले राज्यको कम लगानीका बाबजुद खेलाडीको व्यक्तिगत पहलमा धेरै सफलता पाएको बताए । संघका अध्यक्ष घर्ती मगरले राष्ट्रिय खेलकुदमा पाउने सफलतामा पदक वापत नगद पुरस्कार महत्वपूर्ण रहने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।