default_image

5 years ago

March 26, 2021

सुर्खेतमा राष्ट्रिय महिला तेक्वान्दो सुरु

155 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरणको आयोजना सुरु भएको तेस्रोे राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे ।

मुख्य मन्त्री शाही खेलाडी उत्पादनका लागि स्थानिय तहमा भौतिक संरचना निमार्ण गरिने बताएका छन् । विगतमा बिनियोजन गरेको खेलकुदको बजेट कार्यान्वयन पूर्ण रुपमा नभएकाले आउने दिनेमा त्यस्तो अवस्था नरहने प्रतिबद्धता जनाए । मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद सफल पार्न प्रदेश सकार लागि पर्ने जनाए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले कर्णाली प्रदेशमा खेलकुदका भौतिक संरचना अभाव भएको बताएका छन् । उनले प्रदेश सरकारसँगको सहकार्यमा खेलाडी उत्पादनमा जोड दिइने बताए । राखेपका सदस्य सुवास श्रेष्ठले कर्णालीको खेलकुद विकासका लागि राखेप सकारात्मक रहेको बताए ।

राखेप प्रशिक्षण विभाग प्रमुख अर्जुन बिकले कर्णालीका खेलाडीमा राम्रो सम्भावना देखिएकोले सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ओलम्पियन संगिना बैद्यले कर्णालीका महिलाहरुका लागी सधै आवाज उठाई रहने बताइन् । प्रतियोगीतामा झण्डै ४ लाख नगद पुरस्कार रहेको राखेपका सदस्य तगा तेक्वान्दोकी अन्तर्राष्ट्रिय प्रशिक्षक नन्दा बस्यालले जानकारी दिईन् । उनले कर्णाली प्रदेशमा खेलकुदमा चासो बढाउनका लागि सुर्खेतमा प्रतियोगिता आयोजना गरिएको बताइन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.