default_image

7 years ago

May 22, 2017

एसियन च्याम्पियनसिपको लागि जुडो टोली हङकङ जाने

काठमाडौं(हाम्रो खेलकुद) – एसियन जुडो च्याम्पियनसिपको लागि नेपाली जुडो टोली हङकङ जाने भएको छ । सात खेलाडी र तीन अफिसियललाई नेपाल जुडो संघले सोमबार एक कार्यक्रम गर्दै विदाई गरे । जुडो टोलीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, संघका उपाध्यक्ष तथा भर्खरै कीर्तिपुर नगरपालिकाबाट मेयरमा निर्वाचित भएका रमेश महर्जन र सुर्य महर्जन लगायतले विदाई […]

43 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एसियन जुडो च्याम्पियनसिपको लागि नेपाली जुडो टोली हङकङ जाने भएको छ । सात खेलाडी र तीन अफिसियललाई नेपाल जुडो संघले सोमबार एक कार्यक्रम गर्दै विदाई गरे ।

जुडो टोलीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, संघका उपाध्यक्ष तथा भर्खरै कीर्तिपुर नगरपालिकाबाट मेयरमा निर्वाचित भएका रमेश महर्जन र सुर्य महर्जन लगायतले विदाई गरे । नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । मे २३ देखि २८ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालले मे २५ र २६ मा प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोलीमा १२ औं सागका स्वर्णधारी तथा ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, किरण गदेल, इन्द्र बहादुर श्रेष्ठ, लिला अधिकारी, सञ्जित डंगोल र मोहन सुनुवार रहेका छन् । खेलाडीहरु पछिल्लो एक वर्षमा भएका साग गेम्स, एसियन गेम्स, ओलम्पिक र पूर्वाञ्चलमा गतवर्ष सकिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदर्शनको आधारमा छनोट गरिएको जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठले जानकारी गराए । यस्तै संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, टिम व्यवस्थापकमा देवेन्द्र आचार्य र टिम प्रशिक्षकमा पृथ्वी आलोक रहेका छन् ।

विदाईपछि ओलम्पियन तथा १२ औं सागका स्वर्णधारी २१ वर्षीय फुपुल्हामु खत्रीले हङकङमा आफ्नो क्षमताले भ्याएसम्मको प्रदर्शन गर्दै निराश नपार्ने बताईन् । ‘निरन्तर विभिन्न प्रतियोगिता र हंगेरीका करिव एक महिनाको प्रशिक्षण लिने मौक पायौ ।’ ओलम्पियन फुपुले भनिन्, ‘च्याम्पियनसिपमा कुनै प्रेसर नलिइकन खेल्ने प्रयास गर्नेछु । जति सक्ने राम्रो खेल्ने प्रयास गर्नेछु ।’ च्याम्पियनसिपमा फुपुले ६३ केजी तौल समूहमुनि प्रतिस्पर्धा गर्नेछिन् ।

मनिताले ५७ केजी मुनि, किरण गदेलले ६० केजी तौल समुह मुनि, इनद्र बहादुर श्रेष्ठले ६६ केजी तौल समूह मुनि, लिला अधिकारीले ५२ केजी तौल समुह मुनि, सञ्जित डंगोलले ७३ केजी तौल समुह मुनि र मोहन सुनुवारले ८१ केजी तौल समुहमुनि आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । हङकङ जाने चार खेलाडीहरु फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, किरण गदेल, इन्द्र बहादुर श्रेष्ठले हंगेरीमा एक महिना अन्तर्राष्ट्रिय जुडो संघको विशेष प्रशिक्षणमा सहभागिता जनाएको थियो ।

Success

Thank you for your time.