default_image

7 years ago

May 26, 2017

जुडोमा नेपालको ऐतिहासिक जित

हङकङ (हाम्रो खेलकुद) – नेपालकी मनिता श्रेष्ठ प्रधानले हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत आयोजक राष्ट्रकी  किट फोङ क्वोकलाई पराजित गर्दै प्रतियोगिताको इतिहासमै यस उपलब्धि हासिल गर्ने पहिलो महिला जुडो खेलाडी बनेकी छिन्। महिलाको ५७ केजी मुनिको इभेन्ट अन्तर्गत १७ वर्षीय मनिताले पहिलो चरणमा आयोजक राष्ट्रकि क्वोकलाई पुरै समय खेल्दै वाजारी अंक प्राप्त गरेकी […]

46 views

0 Bookmark

हङकङ (हाम्रो खेलकुद) – नेपालकी मनिता श्रेष्ठ प्रधानले हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत आयोजक राष्ट्रकी  किट फोङ क्वोकलाई पराजित गर्दै प्रतियोगिताको इतिहासमै यस उपलब्धि हासिल गर्ने पहिलो महिला जुडो खेलाडी बनेकी छिन्

महिलाको ५७ केजी मुनिको इभेन्ट अन्तर्गत १७ वर्षीय मनिताले पहिलो चरणमा आयोजक राष्ट्रकि क्वोकलाई पुरै समय खेल्दै वाजारी अंक प्राप्त गरेकी थिइन् यद्दपी उनले दोश्रो चरणको खेलमा भने मंगोलियाकि सुमिया दोर्जसुरेनसँग हार व्येहोरिन

यो जित नेपालको एसियन लेभलको प्रतियोगितामा २९ वर्षपछिको पहिलो जित हो। यसअघि सन् १९८८मा ऋषि राम प्रधानले सिरियामा आयोजित एसियन जुडो च्याम्पियनसिपमा मकाउका खेलाडीलाई पराजित गरेका थिए।

यसैगरी नेपालका अन्य खेलाडीले भने पहिलो चरणमै हार व्येहोर्दै प्रतियोगिताबाट बाहिरिए। ओलम्पियन फूपु ल्हामु खत्रीले (६३ केजी) चीनकी जी लीसँग पराजय व्येहोरिन भने अर्की महिला खेलाडी लिला अधिकारी (५२ केजी) दक्षिण कोरियाली खेलाडी  दा सोल पार्कसँग पराजित भइन। फूपुले ४ मिनेट समयनै खेलेकी थिइन् भने लिलाले ५९ सेकेण्डसम्म प्रतिस्पर्धा गरिन।

नेपालका इन्द्र कुमार श्रेष्ठ (६६ केजी) काजकस्थानका यल्दोस ज्रोमाकनोभसँग पराजित हुँदा संजित डंगोल (७३ केजी) कतारका रेबाही मोहम्मदसँग पराजित भए। इन्द्र २ मिनेट २९ सेकेण्डसम्म टिके भने संजितले ४ मिनेट खेलेका थिए। अर्का खेलाडी किरण गदेल(६० केजी) पनि ४ मिनेट खेल्दै उत्तर कोरियाका योङ नाम पाकसँग पराजित भए।

नेपालका लागि अन्तिम खेलाडी मोहन सुनुवारले शनिबार सिंगापुरका ग्यारी चोवसँग भिड्नेछन्। सुनुवार ८१ केजी तौल समूहका खेलाडी हुन्।

२८ एसियाली राष्ट्रका २४२ खेलाडी सम्मिलित यस प्रतियोगिता शनिबार समापन हुनेछ। यसअघि ३७ खेलमा सहभागिता जनाएको नेपालले यस प्रतियोगिता अगाडी जम्मा  १ जित दर्ता गर्न सकेको थियो।

Success

Thank you for your time.