default_image

7 years ago

August 7, 2017

खुल्ला जुडो च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा आठौं संस्करणको अम्बिका बहादुर क्षेत्री स्मृति खुल्ला जुडो च्याम्पियनसिप हुने भएको छ। च्याम्पियनसिप साउन २७, २८ र २९ गते तीन दिनसम्म सातदोबाटोस्थित लुम्बिनी हलमा हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ आठ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५५ केजी तौल समूहमुनि, ६० केजी तौल समूह मुनि, […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा आठौं संस्करणको अम्बिका बहादुर क्षेत्री स्मृति खुल्ला जुडो च्याम्पियनसिप हुने भएको छ। च्याम्पियनसिप साउन २७, २८ र २९ गते तीन दिनसम्म सातदोबाटोस्थित लुम्बिनी हलमा हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ आठ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ ५५ केजी तौल समूहमुनि, ६० केजी तौल समूह मुनि, ६६ केजी तौल समूहमुनि, ७३ केजी तौल समूहमुनि, ८१ केजी तौल समूहमुनि, ९० केजी तौल समूहमुनि, १०० केजी तौल समूहमुनि र १०० भन्दा माथि तौल समूहमुनि प्रतिस्पर्धा हुने छ । यस्तै महिलातर्फ ४४ केजी तौल समूहमुनि, ४८ केजी तौल समूहमुनि, ५२ केजी तौल समूहमुनि, ५७ केजी तौल समूहमुनि, ६३ केजी तौल समूहमुनि, ७० केजी समूहमुनि, ७८ केजी तौल समूहमुनि, र ७८ केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ११ जिल्ला, तीन विभाग र अन्य टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

एकै तौल समूहमा ६ भन्दा बढी खेलाडी भए नकआउटको आधारमा खेल हुने संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । यसै प्रतियोगितालाई राष्ट्रिय टिमको खेलाडी छनोटको रुपमा समेत हेरिएको संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए । हरेक तौल समूहका शीर्ष दुई खेलाडी राष्ट्रिय टिममा छनोट हुनेछ ।

यसै प्रतियोगितालाई आधार मानी दुई महिला खेलाडीले अगस्टमा हंगेरीको बुढापेष्टमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा सहभागिता जनाउेछन् । भने लगभग खेल जीवको उत्तरार्धमा रहेका मोहन सुनुवारले आफ्नै खर्चमा विश्व च्याम्पियनसिप खेल्ने संघले जानकारी गरायो।

यस्तै यसै प्रतियोगितालाई आधार मानी अक्टोबरमा क्रोएसियामा आयोजना हुने जुनियर जुडो च्याम्पियनसिपमा दुई खेलाडी, फुपूल्हामु खत्री र मनिता श्रेष्ठ प्रधानले सहभागिता जनाउने जानकारी गरायो । यसपटक देखि उत्कृष्ट खेलाडी र वेष्ट इप्पोन खेलाडीलाई पुरस्कृत गरिनेछ ।

सोही कार्यक्रममा नेपाल जुडो संघका पूर्व उपाध्यक्ष स्वर्गी अम्बिका बहादुर क्षेत्रीका छोरा प्रमोद बहादुर क्षेत्रीले संघका कोषध्यक्ष विपिन प्रसाद श्रेष्ठलाई १ लाख ७५ हजारको चेक हस्तान्तरण गरे । प्रतियोगिता सञ्चालन गर्न करिव ५ लाख खर्च हुने अनुमान संघले गरेको छ ।

Success

Thank you for your time.