default_image

7 years ago

August 13, 2017

मनिताको उत्कृष्ट प्रदर्शन

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता अन्तर्गत त्रिभूवन आर्मी क्लबकी मनिता श्रेष्ठ प्रधानले आफ्नो तौल समूहमा स्वर्ण पदकसँगै जारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उकृष्ट इप्पनको उपाधि जितेकी छिन्। मनितासँगै प्रतियोगिताको पहिलो दिन शनिबार पामका रोशन दोङले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । […]

40 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता अन्तर्गत त्रिभूवन आर्मी क्लबकी मनिता श्रेष्ठ प्रधानले आफ्नो तौल समूहमा स्वर्ण पदकसँगै जारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उकृष्ट इप्पनको उपाधि जितेकी छिन्।

मनितासँगै प्रतियोगिताको पहिलो दिन शनिबार पामका रोशन दोङले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन् । पुरुषमा उत्कृष्ट इप्पोनको उपाधि नेपाल प्रहरी क्लबका श्रीराम मकाजुले हात पारे । स्व. अम्बिका बहादुरका परिवारका प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन पुरुष र महिलामा समान ४–४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको पुरुष ६० केजीमा प्रहरीका उमेश मगरले स्वर्ण जिते। उनले फाइनलमा केन्द्रीय जुडो डोजोका किरण गडेललाई पराजित गरे । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । उनले आर्मीका जंगबहादुर सारुलाई फाइनलमा हराए । ९० केजीमुनि इप्पोनमा उत्कृष्ट ठहरिएका श्रीरामले फाइनलमा आर्मीका दिलबहादुर मगरलाई पाखा लगाउदै पहिलो भए । १०० केजीमाथि कुनैपनि प्रतिद्वनद्वी नपाएका प्रहरीका राजन जोशी स्वतः विजेता बने ।

महिलाको ४४ केजीमुनि बाँकेकी सोनिया भट्ट च्याम्पियन बनिन् । सोनियाले होप्याडकी पुष्पा भण्डारीमाथि फाइनलमा जित निकालिन् । ५२ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्याल र ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री पहिलो भए । उपाधि भिडन्तमा दिलकुमारीले केन्द्रीय जुडोकी रोजिना थापा मगर तथा फुपुले प्रहरीकी पूर्णा राईलाई निराश बनाए । ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । पुनमको स्पर्धामा पनि कसैले नाम दर्ता गराएन् ।

राष्ट्रिय टिम छनोटको आधार मानिएको यस प्रतियोगितामा पुरुष र महिलामा समान ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडी राष्ट्रिय टिममा छनोट भएका छन् । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि स्पर्धा राष्ट्रिय टिम तयारीमा राखिएको छैन । दुईदिने प्रतियोगितामा २३ टिमका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा आर्मीले सर्वाधिक ६ स्वर्ण, ४ रजत र ६ कांस्य जित्यो । दोश्रो स्थानमा रहेको प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कांस्य हात पार्यो । २ स्वर्ण र २ कांस्यसाथ पाम तेश्रो स्थानमा रह्यो । केन्द्रीय जुडो डोजो र बाँकेले पनि १/१ स्वर्ण जिते ।

Success

Thank you for your time.