default_image

7 years ago

September 11, 2017

उदाहरणीय पामलाई ‘स्पेशल अवार्ड’

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम) यसपटक स्पेशल अवार्डबाट सम्मानित भएको छ । कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ बर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आज आयोजना भइरहेको पल्सर […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम) यसपटक स्पेशल अवार्डबाट सम्मानित भएको छ ।

Pam

कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ बर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आज आयोजना भइरहेको पल्सर स्पोर्टस अवार्डअन्तर्गत स्पेशल अवार्डबाट सम्मानित गरेको हो । नेपाली खेलकुदमा विशेष योगदान गर्ने व्यक्ति वा संस्थालाई मञ्चले यस्तो अवार्ड हरेक बर्ष दिदै आएको छ ।

बालाजु बनस्थलीबाट २ किलोमिटर भित्र नागार्जुनको काखमा एउटा घर छ । त्यहि घरमा बस्छन् कैदि जीवन विताइरहेका बाबु आमाका २८ छोरा छोरी । अनि त्यहि सुरु हुन्छ उनीहरुको एउटा खेलाडी बन्ने बलियो आधार । सुरुको अवस्थामा कैदी बन्दीका बच्चाहरु अन्योल भविष्य, कमजोर मानसिकता, सामाजिक अपहेलना र उनीहरुमा पनि अपराधिक मनोबृति देखिने गरेको यसका अभियन्ताहरुको अनुभव छ ।

पामका बच्चाहरुमा पनि यो विकृती देखिन थालेपछि यसलाई हटाउन पामका सञ्चालक डा नारायणकाजी श्रेष्ठले जुडो मार्फत उनीहरुलाई सुधार्ने योजना बुने । उनको त्यहि योजनालाई वास्तविकतामा परिणत प्रशिक्षक सुर्य नारायण श्रेष्ठले गरे । आठ बर्ष प्रशिक्षण सुरु गरे पामका बच्चाहरु ३ वर्षको अनवरत प्रशिक्षणपछि पहिलो पटक यी खेलाडी बाहिरी प्रतिस्पर्धामा देखिएका थिए ।

घरलु प्रतियोगितामा पाम टोली टिम च्याम्पियन बन्यो । अहिले आठौ वर्षको यात्रा तय पामका खेलाडीहरु दक्षिण एसियाली खेलकुद (साग) हुंदै विश्व च्याम्पियनसिपसम्म पुगिसकेका छन्न् । अहिले पामको हलमा पदकहरुको थुप्रो छ । मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ, सुरेश डोङ, रोशन डोङ, देवकी माया श्रेष्ठ, सुवोध मण्डलले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन् । बाँकी उनीहरुको पाइला पछ्याउने क्रममा छन् ।

Success

Thank you for your time.