default_image

6 years ago

December 5, 2017

जुडोका रेफ्री श्रेष्ठ हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघका महासचिव एवम् जुडोका ‘ए’ लेभल कन्टिनेन्टल रेफ्री धर्मकुमार श्रेष्ठ बुधबार हङकङ जाने भएका छन् । अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुन श्रेष्ठ हङकङ जान लागेका हुन् । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने उक्त परीक्षामा उत्तीर्ण हुन सफल भए श्रेष्ठ ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्री बन्ने छन् । […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघका महासचिव एवम् जुडोका ‘ए’ लेभल कन्टिनेन्टल रेफ्री धर्मकुमार श्रेष्ठ बुधबार हङकङ जाने भएका छन् ।

अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुन श्रेष्ठ हङकङ जान लागेका हुन् । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने उक्त परीक्षामा उत्तीर्ण हुन सफल भए श्रेष्ठ ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्री बन्ने छन् । नेपालमा ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्री मनोज केसी मात्र छन् ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, उपाध्यक्ष सूर्यनारायण श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठ लगायतका पदाधिकारीले श्रेष्ठलाई त्रिपुरेश्वरस्थित जुडो संघकै कार्यालयमा आयोजित एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

Success

Thank you for your time.