default_image

6 years ago

April 23, 2018

टिम इभेन्ट्समा भारतलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारतले टिम इभेन्टस्मा दोहोरो स्वर्ण जितेको छ । च्याम्पियनसिपको अन्तम दिन भारतले महिला र पुरुष टिम इभेन्टस्मा दोहोरो स्वर्ण हात पारेको हो । भारतले पुरुषमा पाकिस्तानलाई तथा महिलामा नेपाललाई पराजित गर्दै दोहोरो स्वर्ण हात पारेको हो । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद अन्तिम दिन सोमबार […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारतले टिम इभेन्टस्मा दोहोरो स्वर्ण जितेको छ । च्याम्पियनसिपको अन्तम दिन भारतले महिला र पुरुष टिम इभेन्टस्मा दोहोरो स्वर्ण हात पारेको हो । भारतले पुरुषमा पाकिस्तानलाई तथा महिलामा नेपाललाई पराजित गर्दै दोहोरो स्वर्ण हात पारेको हो ।

तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद

Judo Nepal second

महिला तर्फ टिम इभेन्टस्मा उपविजेता नेपाली टोली।

अन्तिम दिन सोमबार पुरुष समूहको स्पर्धामा भारतले पाकिस्तानले ३–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पार्यो। कास्य पदकका लागि भएको स्पर्धामा श्रीलंकाले नेपाललाई ३–२ अन्तरले पराजित गर्यो । नेपालले २–० को अग्रता लिएको अवस्थामा पुनरागम गर्दै श्रीलंकाले कास्य जितेको हो ।

महिलातर्फ भारतले नेपाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेको हो । पाकिस्तानले बंगलादेशलाई ४–१ ले हराउदै कास्य हात पार्यो ।

भारत यसअघि नै व्यत्तिगत स्पर्धामा १० स्वर्णसहित च्याम्पियन बनिसकेको थियो । आइतबार सम्पन्न व्यक्तिगत स्पर्धातर्फ भारतले १० स्वर्ण जितेको थियो । जसमा महिलातर्फको सातै विधामा भारतीय खेलाडी च्याम्पियन बन्दै क्लीनस्वीप गरे । पुरुषतर्फ भारतले ७ मध्ये ३ स्पर्धामा मात्रै स्वर्ण जित्न सफल भयो ।

तीन दिन चलेको च्याम्पियनसिपमा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता थियो। तीनदिने प्रतियोगितामा नेपालबाट १८ महिला र १८ पुरुष खेलाडीले भाग लिएका थिए । महिलातर्फ ७ र पुरुषतर्फ ७ तौल समूहमा प्रतिस्पर्धा भएका हुन् । ने

पालबाहेक प्रतियोगितामा भारतबाट १४, पाकिस्तानबाट १७, श्रीलंकाबाट १४, बंगलादेशबाट १६ र भुटानबाट ५ खेलाडीले सहभागिता जनाएका थिए । तीन दिने च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले २–२ स्वर्ण जितेका छन् ।

यसैबीच दक्षिण एसियाली जुडो परिषद्ले आगामी संस्करणको प्रतियोगिता २०२० मा बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ । श्रीलंकाले २०१९ मा जुनियर क्याडेट आयोजना गर्ने भएको छ ।

Indian team

Success

Thank you for your time.