default_image

5 years ago

April 14, 2019

जुडो : पहिलो दिन पुलिसको वर्चस्व

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको पहिलो दिन प्रतिस्पर्धा भएको ७ मध्य ५ स्पर्धामा स्वर्ण पदक जितेको छ । पुरुष ६० केजी तौल समूहमा पुलिसका उमेश मगरले आर्मीका कर्मा तामाङलाई पराजित गर्दै पुलिसको स्वर्ण खाता खोलेका थिए । उक्त स्पर्धामा पुलिसकै सुदेश दोङ र एनआरएनका मोहन बमले कांस्य जिते […]

52 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको पहिलो दिन प्रतिस्पर्धा भएको ७ मध्य ५ स्पर्धामा स्वर्ण पदक जितेको छ ।

पुरुष ६० केजी तौल समूहमा पुलिसका उमेश मगरले आर्मीका कर्मा तामाङलाई पराजित गर्दै पुलिसको स्वर्ण खाता खोलेका थिए । उक्त स्पर्धामा पुलिसकै सुदेश दोङ र एनआरएनका मोहन बमले कांस्य जिते । महिला ४८ केजीतर्फ प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउँदै स्वर्ण हात पारिन् । पुलिसकी रत्ना तामाङ र प्रदेश ५ की शारदा कुमारी खत्री तेस्रा भए ।

पुरुष ६६ केजी तौल समूहको फाइनलमा इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनिल नगरकोटीलाई हराउँदै पुलिसलाई पुन: अग्रता दिलाए । आर्मीका राजेश चैधारी र एपीएफका निर्दोष चलाउनेले कांस्य प्राप्त गरे । महिला ५७ केजीमा पुलिसकै मनिता श्रेष्ठ प्रधानले स्वर्ण हात पारिन् । उनले प्रदेश ३ की कविता नेपालीलाई हराएकी थिइन् । उक्त स्पर्धामा प्रदेश ३ की देवकी श्रेष्ठ र गण्डकी प्रदेशकी सुमी थापाले कांस्य पाए ।

पुरुष ८१ केजी तौल समूहमा आर्मीका पवनकुमार श्रेष्ठले पुलिसका मनिष महतोलाई हराउँदै स्वर्ण हात पारे । एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डु कुमार सकानु तेस्रा भए । महिला ७० केजी समूहमा पुलिसकी निशा चौधरीले आर्मीकी विनिता मगरलाई हराउँदै प्रथम स्थान हासिल गरिन् । प्रदेश ३ की रन्जना खड्का र आर्मीकी रचना श्रेष्ठले कांस्य पाए ।

पुलिसका लागि दिनको अन्तिम स्पर्धामा राजन जोशीले पनि स्वर्ण जिते । उनले प्रदेश ५ का प्रनित सिंह ठकुरीको चुनौती सहजै पन्छाए । सुदूरपश्चिमका आशिष ओझाले तेस्रो स्थान हात पारे । जुडोतर्फ सोमबार बाँकी तुला समूहका खेल हुनेछन् ।

Success

Thank you for your time.