default_image

5 years ago

April 15, 2019

जुडो : दोस्रो दिन आर्मीको वर्चस्व

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबले जुडोको दोस्रो दिनको खेलमा वर्चस्व कायम गरेको छ । दोस्रो दिन ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा आर्मीले ४ स्वर्ण हात पारेको हो । आर्मीका लागि महिलातर्फ ६३ केजीमा निर्मला घर्तिमगर, ७८ केजीमा पुनम श्रेष्ठ र ७८ केजीभन्दा माथिमा आकृति जोशी तथा पुरुष ९० केजीमा […]

78 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबले जुडोको दोस्रो दिनको खेलमा वर्चस्व कायम गरेको छ । दोस्रो दिन ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा आर्मीले ४ स्वर्ण हात पारेको हो ।

आर्मीका लागि महिलातर्फ ६३ केजीमा निर्मला घर्तिमगर, ७८ केजीमा पुनम श्रेष्ठ र ७८ केजीभन्दा माथिमा आकृति जोशी तथा पुरुष ९० केजीमा सूर्यमान लामाले स्वर्ण पदक जिते । निर्मलाले फाइनलमा पुलिसकी रेनुका थापालाई पराजित गरेकी थिइन् । उक्त स्पर्धामा प्रदेश ५ की सुशिला कुमारी चौधरीले कांस्य जितिन् ।

पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई हराउँदै प्रथम स्थान हासिल गरिन् । उक्त तौल समूहमा पुलिसकी भावना घर्तिमगर तेस्रो भइन् । आकृतिले प्रदेश ५ की दिपा गुरुङलाई हराउँदै स्वर्ण पक्का गरिन् । प्रदेश ३ की अश्मिता गोलेले कांस्य हात पारिन् । सूर्यमानले पुलिसका श्रीराम माकाजुलाई पराजित गर्दै स्वर्ण जिते । उक्त स्पर्धामा अनिल भण्डारी र संजय महर्जन तेस्रा भए ।

पुलिसले दोस्रो दिन २ स्वर्ण पदक थप्यो । रविन श्रेष्ठले १ सय केजी तौल समूहमा आर्मीका रमेश बहादुर चन्दलाई पराजित गर्दै स्वर्ण जिते । ओरादेस्ग ३ जा सुमित नारायण श्रेष्ठ र प्रदेश १ का यमुनाप्रसाद काफ्लेले कांस्य जिते । पुरुष ७३ केजी तौल समुहमा पुलिसका संजित डंगोलले पनि आर्मीलाई नै पराजित गरे । उनले जंगबहादुर सारुलाई पराजित गरे । प्रदेश ३ का सुमन श्रेष्ठ र गण्डकी प्रदेशका संजोक भट्ट तेस्रा भए ।

महिला ५२ केजी तौल समूहमा एपीएफकी देविका खड्काले एकमात्र स्वर्ण जितिन् । उनले पुलिसकी दिलकुमारी छन्त्याललाई हराइन् । तेस्रो स्थान आर्मीकी सुस्मिता लावत र प्रदेश ३ की शर्मिला तामाङ भए । जुडोको टिम इभेन्ट मंगलबार हुनेछ ।

Success

Thank you for your time.