default_image

4 years ago

December 8, 2019

साग जुडो – इन्द्र र सन्जित फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको आ आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै इन्द्र अन्तिम दुईमा पुगेका हुन् । त्यसअघि इन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा पराजित […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको आ आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै इन्द्र अन्तिम दुईमा पुगेका हुन् ।

त्यसअघि इन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा जुडो आइतबार सुरु भएको हो ।

सन्जित ७३ केजीमुनिको तौल समूहको फाइनलमा पुगेका हन् । उनले सेमिफाइनलमा इस्लाम अमिरुललाई इप्पोनमा पराजित गर्दै फाइनलमा स्थान बनाए । अब सन्जितले श्रीलंकाका खेलाडीसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।

महिला ४८ केजीमुनि भारतकी सुशिला देवी लिकमबमले स्वर्ण जितिन् । राउन्ड राेविन लिगका आधारमा भएकाे खेलमा सुशिला देवीले सबै चार खेल जित्दै स्वर्ण हात पारिन् । याे समुहमा नेपालकी साेनिया भट्टले ४ मध्ये १ बाउट जितेकी छन् । उनले एक खेल खेल्न बाँकी छ ।

५२ केजीमुनि नेपालकी देविका खड्काले दुई बाउट जितेकी छन् । देविकाले श्रीलंकाकी लकसिका इप्पाेनकाे अधारमा तथा भारतकी गायत्रीलाई गाेल्डेन स्काेरमा हराइन् ।

महिल ५७ केजीमा भारतकी सुचिका तरियालले लगातार तीन खेलमा जित हात पारिन् । अब उनले एक खेलमा जित हात पारे स्वर्ण जित्नेछिन् । नेपालकी मनिता श्रेष्ठ प्रधानले तीनमध्ये दुई खेलमा जित हात पार्दै कम्तीमा कास्य पक्का गरेकी छन् । मनिता भारतकी सुचिकासँग गाेल्डेन स्काेरमा पराजित भइन् ।

 

दाेस्राे खेलमा मनिताले बंगलादेशकी मार्मालाई १ मिनेट १८ मिनेट बाँकी रहँदा ईप्पाेनमा पराजित गरिन् । श्रीलंकाकी कलु प्रसिद्विकालाई ३ मिनेट १६ सेकेन्ड बाँकी रह्दा इप्पाेनमा पराजित गरिन् । मनिताले अब पाकिस्तानकी अमिना ताेयडासँग प्रतिस्पर्धा गर्नेछिन् ।

फुपल्हामु खत्रीकाे ता‌ैल समुहमुनि नेपालकी निर्मला घर्तिमगरले दुई खेल खेल्दा १ मा जित र अर्काेमा हार बेहाेरेकी छिन् । निर्मला पहिलाे खेलमा भारतकी निरुपमा देवीसँग इप्पाेनमापराजित भइन् । श्रीलंकाकी यमिना हस्फा रिफाजलाई ईप्पाेनमा पराजित गरिन् ।

Success

Thank you for your time.