default_image

3 years ago

June 25, 2021

सोनियाले ओलम्पिक खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । जुडो इन्द्रबहादुर श्रेष्ठको नाम पनि वाइल्ड कार्डका लागि सिफारिस गरिएको थियो । १३ औं सागमा कास्य […]

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । जुडो इन्द्रबहादुर श्रेष्ठको नाम पनि वाइल्ड कार्डका लागि सिफारिस गरिएको थियो ।

१३ औं सागमा कास्य पदक जितेकी १९ वर्षे सोनियाले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ टोकियो ओलम्पिक अब नेपाली खेलाडीले भाग लिने सँख्या ५ पुगेको छ । यसअघि सुटिङकी कल्पना परिवारले वाइल्ड कार्ड पाएकी थिइन् ।

पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथन गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने यसअघि नै पक्का भइसकेको छ । ओलम्पिक पछि जापानमै हुने पारालिम्पिक्सका लागि नेपाली तेक्वान्दो खेलाडी पेलेशा गोबद्र्धनले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।

Success

Thank you for your time.