default_image

7 years ago

December 24, 2016

कराते एकल काताको स्वर्ण पदकमा पर्शुरामको ह्याट्रिक

विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् । विराटनगरस्थित शहिद रंगशालामा भएको कराते प्रतियोगिता अन्र्तगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । पर्शुराम काठमाडौंमा २०६५ सालमा भएको […]

50 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् । विराटनगरस्थित शहिद रंगशालामा भएको कराते प्रतियोगिता अन्र्तगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

parshuram-bastola-1

पर्शुराम काठमाडौंमा २०६५ सालमा भएको पाँचौ र धनगढीमा २०६८ मा भएको छैठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक हात पारेका थिए । ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए ।
प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे । यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्य पदक जिते ।

Success

Thank you for your time.