default_image

7 years ago

December 26, 2016

राष्ट्रिय खेलकुदको स्वर्णमा ह्याट्रिक गर्ने मुकुन्द्र दोस्रो खेलाडी

दिपेन्द्र पोखरेल विराटनगर – एपिएफका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष कराते ६७ केजी तौलमा उनले सोमबार स्वर्ण पदक जितेका हुन् । यसअघि पर्शुराम बास्तोलाले पनि लगातार तीन राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका थिए । मुकुन्द्रले २०६५ मा काठमाडौंमा […]

35 views

0 Bookmark

दिपेन्द्र पोखरेल
विराटनगर – एपिएफका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष कराते ६७ केजी तौलमा उनले सोमबार स्वर्ण पदक जितेका हुन् । यसअघि पर्शुराम बास्तोलाले पनि लगातार तीन राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका थिए ।

mm2nd

मुकुन्द्रले २०६५ मा काठमाडौंमा पाँचौ, २०६८ मा सुदूरपश्चिमा छैटौं र अहिले सातौंमा लगातार स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका हुन् । मुकेन्द्रले स्वर्ण जितेको इभेन्ट्समा सुदूरपश्चिमका मोहम्मद शेखु आलमले रजत तथा नेपाल पुलिसका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक पाए ।

यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल पुलिसका दिवश श्रेष्ठले स्वर्ण पदक जिते । पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते । पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङले कास्य पदक जिते । महिला ६८ केजी तौलमा एपिएफकी कल्पना बस्नेतले स्वर्ण पदक जितिन् । उनले फाइनलमा आर्मीकी रिता कार्कीलाई हराएकी थिइन् । मध्यमाञ्चलकी रोजिता रंजित र पुलिसकी मनिता मोक्तानले कास्य पाए ।

Success

Thank you for your time.