default_image

7 years ago

February 21, 2017

आमन्त्रण राष्ट्रिय कराते वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बर्षमा राजधानीमा आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वधान र सातदोबाटो डोजोको आयोजनामा कराते वैशाख २१ देखि २३ गते सम्म हुने नेपाल खेलकुद पत्रकार मञ्चमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा आयोजना हुने प्रतियोगिता अबका केही बर्षमा आयोजना हुने […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बर्षमा राजधानीमा आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वधान र सातदोबाटो डोजोको आयोजनामा कराते वैशाख २१ देखि २३ गते सम्म हुने नेपाल खेलकुद पत्रकार मञ्चमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

karate-deepak

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा आयोजना हुने प्रतियोगिता अबका केही बर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद, इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद तथा जापानमा हुने ओलम्पिक खेललाई मध्यनजर प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक श्रेष्ठले बताए ।

१७ तौल समूह समावेश प्रतियोगितामा महिलातर्फ ४५,५०,५५,६१,६८ केजी माथि ६८ केजी मुनि तथा एकल काता र टिम कातामा प्रतिस्पर्धा हुने छ । त्यस्तै पुरूषतर्फ ५०, ५५,६०,६७, ८४ केजी मुनी, ८४ केजी माथि तथा एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ३ विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ, पुलिस र पाचँ बिकास क्षेत्रका खेलाडी १७ स्वर्ण,१७ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ८० महिला र ८८ पुरुष गरि १ सय ६८ खेलाडीले भाग लिनेछन् । झन्डै २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.