default_image

6 years ago

November 22, 2017

कराते टोली जापान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – कराते सिरिज ए–२०१७ मा सहभागी हुन १३ खेलाडीसहितको नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेका छन् । पुरुषमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी विनोद शाक्य गुबाजु, जनकसिंह खड्का, गगन पुन, विजय लामा, हेमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, सोनाम लामा, राम तामाङ र लक्ष्मण तामाङले प्रतिस्पर्धा गर्नेछन् । सागका स्वर्णधारी […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कराते सिरिज ए–२०१७ मा सहभागी हुन १३ खेलाडीसहितको नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेका छन् ।


पुरुषमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी विनोद शाक्य गुबाजु, जनकसिंह खड्का, गगन पुन, विजय लामा, हेमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, सोनाम लामा, राम तामाङ र लक्ष्मण तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

सागका स्वर्णधारी विनोदले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् । महिलामा सुस्मिता गुरुङ, सुनीता महर्जन, अर्मिला डिसी र रोजी ओझा सहभागी हुनेछन् । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच बिदाइ गरे ।

Success

Thank you for your time.