default_image

5 years ago

May 28, 2019

चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा मंगलबारदेखि चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन विभिन्न १४ इभेन्टको सेमिफाइनल समिकरण पुरा भएको छ । यति इभेन्ट्स बसुन्धारामा भएको खेलमा पुरुष ६० केजी तौल समूहमा सुजन कुमार पुरी र सागर चौलागाईले सेमिफाइनलको यात्रा तय गरे । ५५ […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा मंगलबारदेखि चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ ।

दुई दिने प्रतियोगिताको पहिलो दिन विभिन्न १४ इभेन्टको सेमिफाइनल समिकरण पुरा भएको छ । यति इभेन्ट्स बसुन्धारामा भएको खेलमा पुरुष ६० केजी तौल समूहमा सुजन कुमार पुरी र सागर चौलागाईले सेमिफाइनलको यात्रा तय गरे । ५५ केजी ब्वाइजमा राज कुमार श्रेष्ठ र एलोन श्रेष्ठले अन्तिम चारको यात्रा तय गरे ।

२० केजी ब्वाइजमा विवश श्रेष्ठ र सुजल खड्का, २५ केजीमा अनिल रोका र बिमल कुमार थापा, ३० केजीमा गोपाल थापा विजय कुवँर र ४० केजीमा मिङमार लामा र दिनेश भण्डारीले सेमिफाइनलमा स्थान बनाउन सफल भए । ब्वाइजको सिनियर कातामा विर बहादुर थामी र सुरेन्द्र तामाङ तथा जुनियर ब्वाइज कातामा विजय कुवँर र दिनेश भण्डारीले सेमिफाइनलको यात्रा तय गरे । पुरुष खुल्ला तौल समूहमा राज बुढाथोकी र सन्तोष श्रेष्ठ सेमिफाइनलमा पुग्न सफल भए ।

गर्ल्सतर्फ ५० केजी गल्र्समा रजिना राई र ममता महर्जन विजयी भए । गर्ल्स ४५ केजीमा अस्मिता तामाङ र आशा श्रेष्ठले सेमिफाइनलको यात्रा तय गरे । ४० केजीमा सिर्जना तामाङ र विविका श्रेष्ठ विजयी भए । ३५ केजीमा संरचना राई र निमा गुरुङले अन्तिम चारको यात्रा तय गरिन् । सिनियर काता गल्र्समा गरिमा गिरी र पुजा गुरुङ अघिल्लो चरणको यात्रा तय गरिन् । सेमिफाइनलमा प्रवेश गरेका नेपाली टोलीले बुधबार अन्य देशका खेलाडीसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्य देशका खेलाडीले सिधै सेमिफाइनल खेल्ने मौका पाएको थिए ।

च्याम्पियनसिपमा नेपालसहित ९ देशका करिव ४ सय ४५ खेलाडीले २३ स्वर्ण, २३ रजत र ४६ कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा नेपालसँगै भारत, भुटान, बंगलादेश, श्रीलंका, जापान, अमेरिका, पाकिस्तान र म्यानमारको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमका बीच उद्घाटन गरे । च्याम्पियनसिपकै उद्घाटन दौरान आयोजक नेपाल वादोरियो कराते डो संघले आफ्नो कार्यकालमा दुई राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, दक्षिण एसियाली खेलकुद प्रतियोगितामा चार पदक तथा प्रशिक्षकको रुपमा पनि पदक जिताउन सफल भएको भन्दै कुशल श्रेष्ठलाई सम्मानित गरेको थियो ।

Success

Thank you for your time.