default_image

5 years ago

June 5, 2019

कराँते एकेडेमी उद्घाटन

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको सातदोबाटोमा कराँते एकेडमीको औपचारिक उद्घाटन भएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले एकेडमीको उद्घाटन गरेका हुन ।

अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ बर्षको अवधिमा तयार भएको हो । तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा निर्माण सुरू भएको एकेडेमीमा १२ वटा कोठा रहेका छन् । यस्तै २ कक्षा कोठा, २ वटा खेलाडीको चेन्जिङ रूम रहेको छ । एकेडमीमा तीन सय ५० दर्शक क्षमताको कराँते हल र ५० जना अट्ने भीआईपी प्यारापिट रहेको छ ।

उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले खेल पूर्वाधारले नेपाली खेलाडीमा हौसला थपिएको बताए । राखेप उपाध्यक्ष पिताम्वर तिमिल्सिनाले कराँतेको एकताले आगामी आठौ सागमा राम्रो नतिजा ल्याउने धारणा ब्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले कराँतेको आफ्नै एकेडेमी भएको खेलाडीहरुमा हौसला बढेको बताउदै आगामी साग खेलकुदमा पनि एकेडेमीको महत्वपूर्ण भूमिका रहने बताए ।

नेपाल कराँते महासंधका सहअध्यक्ष दावा गुरुङ, राष्ट्रिय टिमका कराँते प्रशिक्षक कुसल श्रेष्ठले एकेडेमीले कराँतेलाई उचाईमा पुर्याउने बताए ।

Success

Thank you for your time.