default_image

5 years ago

June 12, 2019

कराते टोली चेक प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ । जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ ।

जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् । उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ ।

क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Success

Thank you for your time.