default_image

5 years ago

July 25, 2019

सागका लागि करातेको बन्द प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कराँतेको बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । यसै वर्ष प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको कराँतेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् । खेलाडीको […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कराँतेको बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् ।

यसै वर्ष प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको कराँतेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् । खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुने प्रमुख प्रशिक्षक उप्रेतीले जानकारी दिए । त्यसपछि पहिलो हुने खेलाडी मात्र बन्द प्रशिक्षणमा रहने छन् । टिम स्पर्धाको छनोट भने साउन १३ गते गरिने छ ।

बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा सदस्य–सचिव सिलवालले आर्थिक भार बढ्छ भनेर खेलाडीको प्रशिक्षणमा सम्झौता गर्न नसकिने बताउदै खेलाडीलाई इमान्दारीपूर्वक प्रशिक्षण गरी उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहन बताए ।

Success

Thank you for your time.