default_image

4 years ago

December 2, 2019

नेपाललाई पहिलो पदक, चन्चलालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी […]

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् ।

सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी हेत्तीले भुटानकी सोनामलाई पराजित गरिन् । बंगलादेशकी अख्तरले पनि कास्य जितिन् ।

त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् । चन्चलाले आफ्नो समूहमा रहेकी भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पारेकी हुन् । चन्चलाले २४.०२ अंक जोडेकी हुन् । सोनामले २०.४२ अंक जोड्दा अख्तरले २१.६ अंक ल्याइन् ।

अर्को समूहबाट पाकिस्तानकी साहिदा फाइनलमा प्रवेश गरिन् । उनले २४.८२ अंक जोड्दै २३.८८ अंक ल्याएकी श्रीलंकाकी हेत्ती अर्चाचिलागेलाई हराइन् ।

Success

Thank you for your time.