default_image

4 years ago

December 2, 2019

आफ्नै गल्तिमा दिवस स्वर्णबाट चुके

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नै गल्तिका कारण दिवस श्रेष्ठ स्वर्ण पदकबाट चुकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार सातदाबाटोमा जारी करातेको ८४ केजी मूनि तौल समूहको फाइनलमा दिवस आफ्नै गल्तिमा रजतमा चित्त बुझाउन बाध्य भएका छन् । बंगलादेशका खेलाडीसँग फाइनलमा २–२ को बराबरीको अवस्थामा हान्साकु भएपछि उनी पराजित भएका हुन् । ३ […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नै गल्तिका कारण दिवस श्रेष्ठ स्वर्ण पदकबाट चुकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार सातदाबाटोमा जारी करातेको ८४ केजी मूनि तौल समूहको फाइनलमा दिवस आफ्नै गल्तिमा रजतमा चित्त बुझाउन बाध्य भएका छन् ।

बंगलादेशका खेलाडीसँग फाइनलमा २–२ को बराबरीको अवस्थामा हान्साकु भएपछि उनी पराजित भएका हुन् । ३ मिनेटको बाउटको १८ सेकेन्ड बाँकी रहँदा उनले अन्तिम चेतावानीका रुपमा हान्साकु पाएका हुन् । त्यसअघि नै उनले तीन पटक चेतावनी पाएका थिए ।

बराबरीको अवस्थामा पहिलो एडभान्टेज दिवसले नै लिएका थिए । तर, उनी आफ्नै प्राविधिक कमजोरीका कारण दोस्रो भएका छन् । करातेका प्रशिक्षक दीपक श्रेष्ठका अनुसार खेल बराबरीको अवस्थामा पहिलो एडभान्टेज लिने खेलाडीले जित्ने नियम छ ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथोलोन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते  (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

Success

Thank you for your time.