default_image

4 years ago

December 2, 2019

कुसुमले जितिन् नेपालको लागि ११ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । कराँतेबाट […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् ।

कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

कराँतेबाट नेपालले जितेको यो छैटौं पदक हो । यसअघि काँतामा नेपालले ३ स्वर्ण जितेको थियो । काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए । कुमुतेतर्फ विप्लव श्रेष्ठ र लक्ष्मण तामाङपछि यो दोस्रो स्वर्ण हो ।

नेपालका लागि तेक्वान्दोबाट पनि ४ स्वर्ण आएको छ । पुम्सेतर्फ कमल श्रेष्ठ, पार्वती गुरुङ, सिमा मादेन लिम्बू र आयशा शाक्यले स्वर्ण पदक हात पारेका छन् । ट्रायथलनमा पनि सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छिन् ।

सागको सम्पूर्ण खबरका लागि यहाँ थिच्नुहोस्

Success

Thank you for your time.