default_image

4 years ago

December 2, 2019

उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अनुको स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमुते अन्तर्गत महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् । ११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । […]

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमुते अन्तर्गत महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् ।

११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । फाइनलमा विपक्षी खेलाडीलाई टेक्निकल नकआउट गरेकी उनले त्यसअघि पनि सोहि अनुसार जित हासिल गरेकी थिइन् ।

त्यसअघि सेमिफाइनलमा शुरुबाट नै आक्रामक रुपमा प्रस्तुत भएकी अनुले विपक्षी खेलाडीलाई एक अंक पनि दिएकी थिइनन् । उनले लगातार आठ अंक ल्याउदा बंगलादशकी फमिदा अख्तरले कुनैपनि अंक जोड्न सकिनन् ।

समग्रमा नेपालको लागि १३ औं सागमा यो १३ औं स्वर्ण पदक हो । हालसम्म नेपालले करातेबाट ७, तेक्वान्दोबाट ५ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए । कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ र कुसुम खड्काले स्वर्ण जितिसकेका छन् ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)- कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

ट्रायथलन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु

Success

Thank you for your time.