default_image

7 years ago

January 29, 2017

हङकङ तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक गुरुङ सम्मानित

पोखरा (हाम्रो खेलकुद) – हाल नेपालमा रहेका हङकङ तेक्वान्दो राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङ सम्मानित भएका छन् । प्रशिक्षक गुरुङलाई कास्की जिल्ला तेक्वान्दो संघले शनिबार सम्मान गरेको हो । ५५ वर्षिय प्रशिक्षक गुरुङलाई पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल ,नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन […]

49 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – हाल नेपालमा रहेका हङकङ तेक्वान्दो राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङ सम्मानित भएका छन् । प्रशिक्षक गुरुङलाई कास्की जिल्ला तेक्वान्दो संघले शनिबार सम्मान गरेको हो । ५५ वर्षिय प्रशिक्षक गुरुङलाई पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल ,नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

tulsi-gurung-samman
नेपालमा जन्मेर हङकङको मुख्य प्रशिक्षक जस्तो सफलता हात पार्न सफल भएकाले उनिलाई सम्मान गरेको जिल्ला तेक्वान्दो संघको जनाएको छ । उनले सन् २००२ देखि हङकङको राष्ट्रिय प्रशिक्षण सम्हालेका थिए । नेपालका पुर्व च्याम्पियन समेत रहेका गुरुङले हङकङ तेक्वान्दोको मुख्य प्रशिक्षकको रुपमा विगत पाँच वर्षदेखि सम्हालेका छन् ।

गुरुङ खेलाडी जीवनमा आफ्नो तौल समुहमा हङकङका राष्ट्रिय च्याम्पियन समेत हुन् । शनिबार सम्म रहेको हङकङ तेक्वान्दो टोली आइतबार काठमाडौं फर्केको छ । हङकङ तेक्वान्दो टोलीले कहि दिन काठमाडौंमा रहेर नेपाली खेलाडीहरुसँगै प्रशिक्षण गर्ने बताएको छ ।

Success

Thank you for your time.