default_image

5 years ago

February 27, 2019

मेलिसा हङकङ जाने

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् ।

मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मेलिसा उक्त प्रतियोगिताको सातौं र नवौं संस्करणकी स्वर्ण विजेता हुन् । त्यत्ति बेला मेलिसाले ग्योरोगीको ४५ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी थिइन् । प्रशिक्षकमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक प्रशिक्षक मनोज खड्गी छन् ।

शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच बिदाई गरे ।

Success

Thank you for your time.