default_image

5 years ago

March 3, 2019

हङकङमा मेलिसालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । हङकङमा मेलिसाको यो तेस्रो स्वर्ण हो । […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् ।

मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

हङकङमा मेलिसाको यो तेस्रो स्वर्ण हो । यसअघि मेलिसाले यही प्रतियोगिताको सातौं र नवौं संस्करणमा स्वर्ण जितेकी थिइन् । ती संस्करणमा मेलिसाले ग्योरोगीतर्फ ४५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । आठौं संस्करणमा भने मेलिसाले सहभागिता जनाइनन् ।

Success

Thank you for your time.