default_image

7 years ago

December 30, 2016

आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा पाउँदा मध्यपश्चिममा खुशीयाली

सुनिल विष्ट नेपालगन्ज – आठौं राष्ट्रिय खेलकुद दुई बर्षपछि मध्यपश्चिममा हुने निर्णय भएपछि यहाँ खुसीयाली छाएको छ । मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण मध्यपश्चिममा गर्ने शुक्रबार निर्णय गरेको हो । सातौं राष्ट्रिय खेलकुद समापन समारोहमा राखेप सदस्यसचिव केशव बिष्टले मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका […]

42 views

0 Bookmark

सुनिल विष्ट
नेपालगन्ज – आठौं राष्ट्रिय खेलकुद दुई बर्षपछि मध्यपश्चिममा हुने निर्णय भएपछि यहाँ खुसीयाली छाएको छ । मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण मध्यपश्चिममा गर्ने शुक्रबार निर्णय गरेको हो ।

npl-2

सातौं राष्ट्रिय खेलकुद समापन समारोहमा राखेप सदस्यसचिव केशव बिष्टले मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई यो जिम्मेवारी सुम्पिदैं आज धरानमा झण्डा हस्तान्तरण गरेका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा त्यसअघि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले त्यो झन्डा विष्टलाई हस्तान्तरण गरेका थिए । समापनमा उपस्थित खेलाडी र दर्शककाबीच विष्टले क्षेत्रिय अध्यक्ष ओलीसहित मध्यपश्चिमको टोलीलाई झन्डा हस्तान्तरण गरे । बृहत राष्टिय खेलकुदको आठौं संस्करण मध्यपश्चिममा हुने भएपछि यहाँ खुशीयाली छाएको छ । बिभिन्न खेल संघहरुले यस निर्णयको स्वागत गर्दै आज बेलुकी धम्बोजी चोकमा दीप प्रज्वलन गरे ।
बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, एथलेटिक्स संघका अध्यक्ष बिक्रमजंग थापा, क्रिकेट संघ अध्यक्ष दुर्गा थापा, सुटिंग संघका अध्यक्ष रोहित टण्डन, बदरुदीन अन्सारी, भारोत्तोलन संघका अब्दुल वाहिद मन्सुरी रोहित टण्डन लगायतले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उक्त निर्णयको स्वागत गरेका हुन् ।

‘क्षेत्रीय खेलकुद अध्यक्षज्युले पहल गरेकोमा बिशेष धन्यवाद दिन चाहन्छौं ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ–‘माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली ज्यू तथा सिंगो राखेप बोर्डप्रति कृतज्ञ छौं । यो प्रतियोगिता ऐतिहासिक रुपमा सफल पार्न हामी कुनै कसर बाँकी राख्ने छैनौं । ’

npl
बृहत राष्ट्रिय खेलकुद मध्यपश्चिमले आयोजनाको मौका पाएको यो दोस्रो पटक हो । यसअघि २०५५ साल चैतमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद भएको थियो । तत्कालीन राखेप सदस्य रतन टण्डनले सम्पूर्ण खेलाडी तथा अफिसियलको आवास र भोजनको सम्पूर्ण व्यवस्था आफैंले गर्ने भएपछि चौथो संस्करण यहाँ दिइएको थियो । झण्डै १३ बर्ष रोकिएको राष्ट्रिय खेलकुदलाई नेपालगन्जले ब्युँझाएको थियो ।

२०३८ सालमा पहिलो बृहत राष्ट्रिय खेलकुद काठमाडौंमा भएको थियो । दोस्रो राष्ट्रिय खेलकुद २०४० सालमा पश्चिमाञ्चलको पोखरा तथा तेस्रो राष्ट्रिय खेलकुद २०४२ सालमा वीरगञ्जमा भएको थियो । चौथो राष्टिय खेलकुद हुन १३ बर्ष पर्खिनुपर्यो । चौथो राष्ट्रिय खेलकुद भएपछि पाँचौं संस्करण सुदुरपश्चिममा गर्ने निर्णय भएको थियो । तर समयमा भौतिक पूर्वाधार निर्माण हुन नसकेपछि २०६५ को चैतमा पाँचौं संस्करण दोहोरिएर काठमाडौंमा भएको थियो ।

त्यपछि छैटौं संस्करण सुदुरपश्चिमको धनगढी र महेन्द्रनगरमा २०६८ सालमा आयोजना गरियो । चौथो राष्ट्रिय खेलकुद सफलता पुर्वक सम्पन्न गरेको छवि बनाएको नेपालगन्जमा पछिल्लो समय खेल गतिविधि बढेको छन् । प्रधानमन्त्री कप महिला भलिबल चौथो संस्करण पुरा गरिसकेको छ भने नेपालगन्ज म्याराथनले दोस्रो संस्करण पुरा गरेको छ । त्यसैगरी नेपालगन्ज गोल्डकप फुटबल दोस्रो संस्करणको तयारीमा जुटेको छ ।

8th-national-games

सातौं राष्ट्रिय खेलकुद

सबै सातौं राष्ट्रिय खेलकुद समाचार

July 6, 2019

चौथो र आठौं राष्ट्रिय खेलकुदका स्थानिय नायक सम्मानित

नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् । एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा […]

October 1, 2018

आठौं राष्ट्रिय खेलकुदको मिति सर्‍यो

काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]

April 11, 2018

आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बुधबार बसेको बोर्डको १ सय नवौं बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिर […]

Success

Thank you for your time.