7 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ ।

मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
बोर्ड बैठकमा राखेप सदस्यसचिव केशवकुमार बिष्टले माघको दोस्रो साता आठौं राष्ट्रिय खेलकुदको मिति सार्न प्रस्ताव गरेका हुन् । माघमा प्रतियोगिता गर्दा १३ औं दक्षिण एशियाली खेलकुदका लागि पनि तयारी पुग्ने राखेपको दाबी छ । यद्यपि फागुन २५ देखि चैत ४ गतेसम्मका लागि तय भएको दक्षिण एशियाली खेलकुदको समेत अझै टुङ्गो छैन ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]