7 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ र ११–८ को सोझो सेटमा जित निकाले ।
प्रदेश ३ का प्रविन विर कंसकारले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ३-२ काे प्रतिस्पर्धामा पछि पार्दै उपाधि नजिक पुगे । प्रतिस्पर्धात्मक बनेकाे खेलमा पहिलाे सेट प्रविनले ६-११ ले गुमाएकाे थिए। दाेस्राे र तेस्राे सेट प्रविनले ११-४ र ११-७ ले पराजित गरे ।
चाैथाे सेट राजेन्द्रले १५-१३ ले जितेपछि खेल २-२ सेटकाे बराबरीमा पुगेकाे थियाे । तर, अन्तिम सेट प्रविनले ११-७ ले जित्दै फाइनलमा पुग्न सफल भए । फाइनल खेल शनिबार हुने नेपाल स्क्वास संघले जनाएको छ ।
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]