default_image

8 months ago

May 3, 2025

खेलकुदको लागि नीति तथा कार्यक्रम निराशाजनक

437 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ ।

गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन ।

गत वर्षको नीति तथा कार्यक्रममा दशौं राष्ट्रिय गरिने भनिएको थियो । सोही अनुरूप ६० करोड रुपैयाँ बजेट निकासा पनि भएको थियो । यसपटक दशौं राष्ट्रिय खेलकुद सरकारको प्राथमिकतामा परेन ।

यो पटक सामाजिक उत्तरदायित्व कार्यक्रमलाई नयाँ मान्न सकिन्छ। यस बाहेकका नीति तथा कार्यक्रममा खासै स्पष्टता छैन । खेलकुद आयोजना, खेलकुद विकास, खेलाडी प्रोत्साहन अनि भौतिक पूर्वाधारजस्ता पुरानै ढाँचाका कार्यक्रमहरू यो पटक पनि सार्वजनिक गरिएको छ ।

नीति तथा कार्यक्रममा युवाको शारीरिक र मानसिक विकासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र आयोजना गरिने भनिएको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने भनिएको छ । यो भनिरहँदा गत वर्ष सार्वजनिक नीति तथा कार्यक्रममा मुलपानी, विराटनगरको क्रिकेट स्टेडियम र फाप्ला क्रिकेट मैदान निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको थियो । यो पटक यी तीन मैदानको विषयमा नीति तथा कार्यक्रममा उल्लेख नै छैन ।

यो पटक विद्यालयदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिने तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने भनिएको छ ।

सार्वजनिक भएको नीति तथा कार्यक्रमको विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले यो पटक खेलकुदलाई कम स्पेस दिइएको प्रतिक्रिया हाम्रो खेलकुद डटकमलाई दिए ।

२०८२/८३ को नीति तथा कार्यक्रम (खेलकुद)

युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकको रूपमा परिचालन गरिनेछ। युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिनेछ ।

युवाहरूको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ। संघ, प्रदेश, स्थानीय तह र खेलसंघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सुरु गरिनेछ । विद्यालयदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइनेछ। खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिनेछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिनेछ ।

अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।

२०८१/८२ को नीति तथा कार्यक्रम (खेलकुद)

युवालाई सिप विकास, वित्तीय साक्षरता तथा उद्यमशीलता तालिममार्फत सामाजिक जीवनका सबै क्षेत्रमा महत्त्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाइनेछ ।

विभिन्न विषय क्षेत्रका १ हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। युवालाई फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ। युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धिका लागि राष्ट्रनिर्माणमा युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिनेछ।

सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिनेछ। नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिनेछ। आगामी आर्थिक वर्षमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइनेछ। आधुनिक प्रविधियुक्त इ-स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ।

विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइनेछ। बालबालिकाको उमेर अनुसारका खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। खेल क्षेत्रमा महिला सहभागिता बढाइनेछ। खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिनेछ।

खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ। काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइनेछ। चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ। कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.