7 years ago
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी कृष्णा थापा महिला स्क्वासमा नयाँ च्याम्पियन बनेकी छन् । कृष्णाले महिला स्क्वासमा एकछत्र राज गरिरहेकी प्रदेश ३ की भावना सुनुवारलाई आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला एकलमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । भावना पाँचाै, छैटौं र सातौंकी च्याम्पियन हुन् ।

६ खेलाडी सम्मिलित महिला स्पर्धामा कृष्णा अपराजित हुदै च्याम्पियन बन्न सफल भएकी हुन् । पुरुषतर्फ गण्डकी प्रदेशका अमृत थापामगर च्याम्पियन बनेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा साेमबार भएकाे अन्तिम खेलमा कृष्णाले भावनामाथि ३-२ काे सेटमा हराईन् ।
पहिलाे सेट कृष्णाले ७-११ ले गुमाएपनि दाेस्राे र तेस्राे सेट ११-५ र १३-११ ले जित्दै खेललाई २-१ काे स्थितिमा ल्याएकी थिइन् । तेस्राे सेट भावनाले ११-७ ले जित्दै खेललाई २-२ काे बराबरीमा ल्याएपनि पाँचाै सेट ७-११ ले कृष्णाले खेल आफ्नो पक्षमा पार्दै च्याम्पियन बनिन् । कृष्णाले यसअघि लुम्विनी च्याम्पियनसिपकाे उपाधि जितेकी थिईन् । प्रदेश ३ कि विपना ब्लाेन र स्वस्थानी श्रेष्ठले कास्य जितिन् ।
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]