default_image

9 years ago

November 17, 2016

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव– २०७३ सुरु

127 views

0 Bookmark

हेटौंडा,

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ ।
mela

प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव सुरु भएको हो ।

मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख तथा क्षेत्रीय प्रशासक विनोद केसीले गरेका थिए । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले जिल्लाको विकासका लागि सबै युवाहरु जुट्नुपर्ने समय आएको बताए । ‘मेला महोत्सवमात्र होइन । अब सबै क्षेत्रको विकास गर्नका लागि हामी जुट्पर्ने समय आएको छ । अब हेटौंडाले विकासका पूर्वाधारको पनि विकास गर्दै लैजानुपर्ने अवस्था आएको छ,’ उनले भने ।

आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, खेलकुद पत्रकार मञ्च केन्द्रीय समिति महासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, राप्रपा नेपाल केन्द्रीय सदस्य नवराज बिष्ट, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, मकवानपुर उद्योग बाणिज्य संघ महासचिव महेन्द्र राउत, आयोजक सल्लाहकार प्रताप बिष्ट तथा आयोजक समिति बरिष्ठ उपाध्यक्ष सविन भट्टाचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सवको उद्घाटन समारोहमा नेपाली एथ्लेटिक्स क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पूर्व ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक आमिरीप्रसाद यादबलाई आयोजकले सम्मानित गरेको थियो । मेला अवधिभर खेलक्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएकाहरुलाई सम्मानित गर्ने बताइएको छ ।

महोत्सवको ‘पावर्ड बाइ’को रुपमा नेको इन्स्योरेन्स रहेको छ । महोत्सवको लागि प्रतिष्ठानसंग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको बताए । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन ।

महोत्सव उद्घाटन हुनुपूर्व बिहान हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा निकालिएको थियो । उक्त शोभा यात्रा हुप्रचौर, मेनरोडहुँदै मेला स्थलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । तीनसय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् ।

मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ । महोत्सव करिव २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.